सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (६ घण्टा अघि)
  • ५२ पटक पढिएको
सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या, सबै सेवा बन्द

असार २०, काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीका सबै सेवा आजदेखि बन्द भएको छ । यातायात व्यवस्था विभागले एक सूचना जारी गर्दै सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले बन्द गरेको जानकारी गराएको हो ।

ईडीएल प्रणाली, अनलाइन आवेदन प्रणाली तथा अत्यावश्यक लाइसेन्स प्रणालीलगायत चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द भएका विभागको सूचनामा उल्लेख छ ।

विभागले समस्याको समाधान गर्ने काम भइरहेको भन्दै हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि चालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस