अब सरकारी कर्मचारीले पेन्सन नपाउने ! साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (८ घण्टा अघि)
  • ७२ पटक पढिएको
अब सरकारी कर्मचारीले पेन्सन नपाउने ! साउनदेखि योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली

असार २०,काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ देखि नियुक्त हुने कर्मचारीलाई पेन्सन तथा उपदान नदिई त्यसको सट्टा योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु गर्ने भएको छ ।

अर्थ मन्त्रालयले सामाजिक सुरक्षा प्रणाली लागु गर्न आवश्यक व्यवस्था मिलाउन सबै मन्त्रालय, नियामक निकाय, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागु नगरेका कारण सिर्जना हुने दायित्व नेपाल सरकारले नबेहोर्ने जानकारी गराउन पनि अर्थ मन्त्रालयले अनुरोध गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस