असार २०, काठमाडौं । सवारीचालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि बन्द भएको सेवा पुन: सञ्चालनमा आएको छ ।
सफ्टवेयरमा आएको समस्याले दिउँसोदेखि अवरुद्ध बनेको सवारीचालक अनुमतिपत्रसँग सम्बन्धित सबै सेवा पुन: सञ्चालनमा आएको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए ।
विभागले दिउँसो सूचना निकालेर सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएकोले सेवा बन्द रहेको जानकारी गराएको थियो ।