रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (८ घण्टा अघि)
  • ५३ पटक पढिएको
रविको पक्षमा हस्ताक्षर गर्ने ट्राफिक सईलाई हेडक्वाटर झिकाइयो

असार २०,काठमाडौँ । भैरहवा कारागारमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेको आरोपमा ट्राफिक सईको जिम्मेवारी खोसिएको छ ।

नेपालगञ्जमा कार्यरत ट्राफिक सई कमल खड्काको जिम्मेवारी खोस्दै हेडक्वाटर झिकाइएको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि हस्ताक्षरबारे बुझ्न खड्कालाई हेडक्वाटर झिकाइएको पुष्टि गरे ।

सहकारी ठगीको आरोपमा थुनामा रहेका लामिछानेको पक्षमा रास्वपाले हस्ताक्षर अभियान चलाएको छ ।

पार्टी सभापति लामिछानेविरुद्ध सरकारले राजनीतिक प्रतिशोध साँधिएको भन्दै चलाइएको हस्ताक्षर अभियानमा सई खड्काले हस्ताक्षर गरेको फोटा सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि उनी छानबिनमा तानिएका हुन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस