स्वदेश फर्किए प्रधानमन्त्री ओली, स्पेन भ्रमण फलदायी भएको निष्कर्ष

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २०, शुक्रबार (५ घण्टा अघि)
  • ५८ पटक पढिएको
स्वदेश फर्किए प्रधानमन्त्री ओली, स्पेन भ्रमण फलदायी भएको निष्कर्ष

असार २०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्केका छन् । एक साता लामो स्पेन भ्रमण पुरा गरि उनीँ आज बेलुकी साढे ५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौँमा अवतरण गरेका हुन् ।

विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा सहभागि भइ प्रधानमन्त्री ओली स्वदेश फर्कँदा त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारी पदाधिकारीहरूले स्वागत गर्नुका साथै नेपाली सेनाको टुकडीले सलामी दिएको छ ।

प्रधानमन्त्री ओलीको तर्फबाट परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुुर राईले प्रेस ब्रिफिङ गर्दै भ्रमण उपलब्धीपूर्ण रहेको दाबी गरेका छन् । राईले प्रधानमन्त्रीले भ्रमणका सम्मेलनमा नेपालको तर्फबाट उठान गर्नुभएको विषय, भेटवार्ता तथा अवलोकन भ्रमणकाबारेमा जानकारी गराएका हुन् ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली यही असार १४ गते शनिबार स्पेन गएका थिए । स्पेनमा रहँदा प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव एन्टेनियो गुटेरसबीच भेटवार्ता भएको थियो । साथै स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजसँग पनि दुईपक्षीय भेटवार्ता भएको थियो ।

प्रधानमन्त्री ओलीले विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनलाई सम्बोधन गरे । उनले स्पेनमा रहेको नेपाली दूतावासको निरीक्षणका अलावा नेपाली समुदायसँग छलफल गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस