अमेरिकाले डिपोर्ट गरेका थप नेपाली आज काठमाडौं आउँदै

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २५, आईतबार (४ घण्टा अघि)
  • ५७ पटक पढिएको
अमेरिकाले डिपोर्ट गरेका थप नेपाली आज काठमाडौं आउँदै

जेठ २५, काठमाडौं । अमेरिकाबाट डिपोर्ट गरिएका ठूलो संख्यामा थप नेपालीहरु आज काठमाडौं आउँदैछन् । अमेरिकी चार्टर्ड विमानमार्फत् काठमाडौं फर्काइएका उनीहरु अपराह्न सवा चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रवक्ता एवम् बरिष्ठ अध्यागमन अधिकृत अञ्जन न्यौपानेले डिपोर्ट भएका नेपालीहरु आज अपराह्न ठूलो संख्यामा काठमाडौं आउन लागेको पुष्टि गरे पनि संख्या भने एकिन नभएको बताए ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २० मा सत्ता सम्हालेपछि हालसम्म १४० जना नेपालीलाई अमेरिकाले डिपोर्ट गरिसकेको छ । डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ भने दलालविरुद्ध कसैले उजुरी दिए अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

ट्रम्पले सत्ता सम्हालेपछि अमेरिका सरकारले आप्रवासीहरुमाथि कडाइ गर्दै आएको छ । भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरुकै देश फर्काइरहेको छ । अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

यसअघि ट्रम्प प्रशासनले निष्कासित गर्ने १ हजार ३६५ नेपालीसहित १४ लाख ४५ हजार ५४९ जना आप्रवाशीको सूची सार्वजनिक गरेको थियो । उनीहरू सबैमाथि अवैध तरिकाले अमेरिकामा बसोवास गरेको आरोप लगाइएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस