चार संसदीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २५, आईतबार (४ घण्टा अघि)
  • ४७ पटक पढिएको
चार संसदीय समितिको बैठक बस्दै

जेठ २५, काठमाडौं । संघीय संसद् अन्तर्गतका चारवटा समितिको बैठक आज बस्दै छ । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित कार्यालयमा उक्त समितिको बैठक बस्ने भएको हो ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको अपरान्ह १२ः३० बजे बस्ने बैठकमा कृषकहरूलाई रासायनिक मलको समयमा नै सहज व्यवस्थापन सम्बन्धमा, कृषि अनुदानलाई उत्पादनमुलक बनाउन मन्त्रालयबाट भएका प्रयास र उपलब्धि सम्बन्धमा, कृषिजन्य उत्पादन उखु अलैंची अदुवा कफी चिया सुपारी लगायतका उत्पादन र बजार व्यवस्थापन सम्बन्धमा र रैथाने कृषिबालीको संरक्षण र विकास सम्बन्धमा पनि छलफल गरिने छ ।

यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलोसंशोधन) विधेयक, २०७९ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ । बैठक दिउँसो २ः०० बजे बस्नेछ ।

यसेगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि दिउँसो २ः०० बजे बस्ने छ । यो बैठकमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित प्रतिवेदन सम्बन्धमा गरिएको अन्तरक्रिया कार्यक्रमको समीक्षा गरिने भएको छ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्यक्षेत्र अन्तर्गतको विषयमा अभिमुखीकरण, अन्तर्क्रिया तथा स्थलगत अनुगमन कार्यक्रमको तयारी सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस