यी स्थानमा हुनेछ आज वर्षा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २५, आईतबार (५ घण्टा अघि)
  • ४५ पटक पढिएको
यी स्थानमा हुनेछ आज वर्षा

जेठ २५, काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभावले देशका विभिन्न भूभागमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा मुख्यतया सफादेखि आंशिक बदली रही एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

राति पनि कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका ‍एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस