टेलिकमको बिलिङमा भ्रष्टाचार, प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध मुद्दा दायर

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २५, आईतबार (४ घण्टा अघि)
  • ३४ पटक पढिएको
टेलिकमको बिलिङमा भ्रष्टाचार, प्रबन्ध निर्देशकसहित १८ जनाविरुद्ध मुद्दा दायर

जेठ २५, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी र पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेलसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले टेलिकमको बिलिङ प्रणाली मर्मत गर्न ठेक्का प्रणाली लम्ब्याएर भ्रष्टाचार गरेको आरोप उनीहरुविरुद्ध आइतवार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालले विशेष अदालतमा १८ जनालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको जानकारी दिए ।

प्रतिवादीविरुद्ध ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ । बिलिङ प्रकरणमा ९ करोड ८८ लाख रुपैयाँ हानि नोक्सानी गरेको देखिएकाले हानि नोक्सानी गरे बराबरको रकम असुल उपर गर्नसमेत अख्तियारले मागदाबी गरेको छ ।

नेपाल टेलिकमबाट प्रतिस्पर्धा बिना करिब ३ अर्ब १५ करोड रुपैयाँको ठेक्का सम्झौतामा कैफियत देखिएपछि अख्तियारले विस्तृत अनुसन्धान गरेको थियो ।

२०७९ पुसमा भएको ठेक्का सम्झौता अनुसार चिनियाँ कम्पनी एसिया इन्फो नामक कम्पनीले वार्षिक करिब ६५ करोड रुपैयाँका दरले पाँच वर्षमा ३ अर्ब रुपैयाँ भन्दा बढी भुक्तानी पाउने स्थिति बनेको थियो ।

हेर्नुहोस को को छन् प्रतिवादी

ताजा अपडेट

खोजी गर्नुहोस