रकम भुक्तानी नगरेपछि हर्क साम्पाङले मागे प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ २१, शनिबार (५ घण्टा अघि)
  • ८१ पटक पढिएको
रकम भुक्तानी नगरेपछि हर्क साम्पाङले मागे प्रमुख प्रशासकीय अधिकृतसँग स्पष्टीकरण

असार २१, धरान । श्रमदानको भुक्तानी विवादले बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकामा मेयर र प्रशाशकीय अधिकृतबीच विवाद झनै बढेको छ । योजना भुक्तानीको विषयलाई लिएर मेयर हर्क साम्पाङ र अधिकृत अम्बिका प्रसाद चौलागाईंबीचको विवाद स्पष्टीकरण सोध्ने श्रेणीसम्म पुगेको हो ।

मेयर साम्पाङले दुई महिनाअघि सम्पन्न भइसकेको योजनाका भुक्तानी रोकिनुको कारण मागेका छन् । असार २ गते धरान–१६ स्थित बहुभाषिक पाठशालालाई बाढीबाट जोगाउन सर्दुखोलामा लगाइएको तारजाली विवादले महानगरमा तनाव सिर्जना भएको थियो ।

सुरुमा श्रमदान भनिएको उक्त योजनामा केही सीमित व्यक्तिहरुको डोरहाजिर गराएर मेयरले भुक्तानी मागेको भन्दै विवाद भएको थियो । सो भुक्तानी अहिलेसम्म पनि रोकिएको छ । त्यसै विषयमा मेयर साम्पाङले लिखित स्पष्टीकरण मागेका हुन् ।

मेयर साम्पाङले पत्रमा आफूले सम्झौता गरी सबै प्रक्रिया पूरा भइसकेको र सार्वजनिक परीक्षणसमेत भइसकेको अवस्थामा भुक्तानी रोकिएकोमा आपत्ति जनाएका छन् । नगर प्रमुख साम्पाङ, उपप्रमुुख आइन्द्रविक्रम बेघा र प्रशासकीय अधिकृतबीचको विवादले महानगरले आगामी वर्षको बजेट समेत ल्याउन सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस