असार २१, काठमाडौं । एएफसी महिला एसियन कप छनोटको निर्णायक खेलमा आज नेपाल र घरेलु टोली उज्बेकिस्तानबीच प्रतिस्पर्धा हुदैँछ । खेल उज्बेकिस्तानको मिलि स्टेडियममा नेपाली समय अनुसार राती ९:१५ बजे हुनेछ ।
नेपाल घरेलु टोली उज्बेकिस्तानलाई हराउँदै महिला एसियन कपमा पुग्ने योजनामा मैदान उत्त्रदै छ । सन् १९९१ मा भएको पहिलो एसियन कपमा नेपाल उज्बेकिस्तानसंग ६–१ गोल अन्तरले पराजित भएको थियो । नेपालले आजको खेल जितेमा समूह विजेता बन्दै २६ वर्षपछि महिला एसियन कपमा पुग्नेछ ।
अहिले एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ मा नेपाल र उज्बेकिस्तान दुवै समान ६ अंकसहित शीर्षमा छन् । दुवैले १७ गोल गरेका छन्, कुनै पनि गोल खाएका छैनन् । उपाघि जित्ने टोली अष्ट्रेलिया २०२६ महिला एसियन कपमा पुग्छ ।