नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ २१, शनिबार (६ घण्टा अघि)
  • ६१ पटक पढिएको
नेपालले जित्यो एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि

असार २१, काठमाडौं । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेटको उपाधि नेपालले जितेको छ । आज भएको फाइनलमा सिंगापुरलाई दुई विकेटले हराउँदै नेपालले दोस्रो पटक उपाधि जितेको हो ।

जितका लागि सिंगापुरले दिएको ११४ रनको लक्ष्य नेपालले २९ ओभरमा ८ विकेट गुमाएर भेट्टायो । नेपालका लागि जोय थापाले अविजित रहँदै सर्वाधिक २४ रनको पारी खेले । सिवांश बजगाइले २० ,शुभम खनालले १८ तथा प्रशिद्द जैशीले १७ रन जोडे । परिमार्जन यादवले १३ तथा अभय यादवले १० रन जोडे ।

सिंगापुरका कपिश भेनकटरमनले ४ विकेट लिए । यस्तै युवान पाण्डेले २ विकेट तथा आकाश तेजा र वेदांश गुप्ताले १/१ विकेट लिए ।

त्यसअघि मलेसियाको एसडी युकेएम ओभल, बांगीमा टस जितेर पहिले ब्याटिङ थालेको सिंगापुर ४०.५ ओभरमा ११३ रनमा अलआउट भयो । सिंगापुरका लागि रोहन अस्टिन अरुणले सर्वाधिक २३ रन बनाए ।

यस्तै कप्तान रियान नाइकले १५ ,वेदांश गुप्ताले १२ तथा आकाश तेजाले १० रन बनाए । आरभ अग्रवाल र युवान पाण्डेले समान ९/९ रन जोडे ।

नेपालका शुसिल बहादुर रावल र अभय यादवले समान ३ विकेट लिए । शुभम खनालले २ तथा बिपीन शर्माले १ विकेट लिए ।

ताजा अपडेट

खोजी गर्नुहोस