असार २१,काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ । शनिबार बसेको पार्टीको संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको अध्यक्ष रन्जिता श्रेष्ठले जानकारी दिइन् ।
‘आज हामी संसदीय दलको बैठक बसेका थियौं,’ श्रेष्ठले भनिन्, ‘हामी सरकारबाट बाहिरिएर प्रतिपक्षमा बस्ने निर्णय गरेका छौं ।’
नाउपाबाट अहिले संघीय सरकारमा सांसद अरुण चौधरी संस्कृति, पर्यटन एवं राज्यमन्त्री छन् ।