दुईदिने टुरिजम फाम ट्रिप: ‘ताज रिभरसाइड रिसोर्ट’ मुलकोटमा पर्यटन व्यवसायीको जमघट !

Post Thumbnail

माघ २७,काठमाडौँ । रातको चिसो मौसम ! सुनकोशीको मन्द बहावसंगै आफ्नै सुर दिइरहेको सिररी हावाको संगित । त्यही छेउमा रहेको ताज रिसोर्टको स्विमिङपुलको आडैमा बजिरहेको लोकदोहोरी गित, त्यसैमा झुमिरहेका पर्यटन व्यवसायी । कोरोना भाइरसका कारण झण्डै एकबर्ष देखि कतै रिफ्रेस हुन नसकिरहेको मनहरु त्यहाँ प्रफुल्लित थिए । सबै आफ्नै सुरमा नाचिरहेका थिए । काठमाडौँबाट ३ घण्टाको दुरीमा रहेको मुलकोटस्थित ताज रिसोर्टमा पर्यटन क्षेत्रका हस्तीहरुको उपस्थिती बोक्लो थियो ।

खासमा त्यो थियो,कोरोना भाइरसको महामारी पछि थलिएको पर्यटन व्यवसायलाई नयाँ गति दिने उदेश्यका साथ पर्यटन व्यवसायीको दुईदिने टुरिजम फाम ट्रिप–२०२१ । काठमाडौँदेखि सिन्धुलीको मुलकोटस्थित ताज रिभरसाइड रिसोर्ट एण्ड एडभेन्चरमा पर्यटन क्षेत्रमा सक्रिय संस्था टान,नाटा,नारा,एनएमए,सोटो–नेपाल,भिटोफ नेपाल,एनटीएनसी,टिबिएन,टिटिडीसी र मिडियाको टोली रमाइरहेको थियो ताजको न्यानो स्वागतसंगै गरिएको रात्रीभोजमा उपस्थित व्यक्तिहरु अब थलिएको पर्यटन क्षेत्रलाई उकास्ने कसरी भन्ने चिन्ताको साथमा योजना बुन्न आतुर थिए । माघ २५ र २६ दुईदिनको ट्रिपमा पर्यटन व्यवसायीले सुनकोशीमा रहेको मुलकोट अवको आन्तरिक नयाँ गञ्तव्य बन्न सक्ने बताइरहेका थिए ।

मुख्यगरी ताज रिभरसाइड रिसोर्ट एण्ड एडभेन्चरले मिलाएको सो ट्रिपमा पर्यटन क्षेत्रमै सक्रिय एक समुहले लगानी गरेको रिसोर्ट र तिनमा रहेका सेवा,सुविधाको प्रचारप्रसार गर्न खोजिएको थियो । करिब १० करोड लगानी भएको सो रिसोर्टमा स्विमिङ पुल,लक्जिरियोस रुम,सेमिनार हल,हरियाली वातावरण,हेलिप्याड,टेवलटेकिस बोर्ड लगायतका सुविधाहरु रहेका छन् । बिपी राजमार्गसंगै रहेको सो रिसोर्ट सुनकोशीको तिरमा अवस्थित छ । रिसोर्टले र्‍याफ्टिङ,हाइकिङ, भलबिलको सुविधा समेत दिइरहेको छ । चाँडै नै रिसोर्टले जेटबोट ल्याउने तयारी गरेको रिसोर्टका प्रबन्धक निर्देशकम मनोज श्रेष्ठले बताए । उनले रिसोर्टको प्याकेजमा रामेछापको चर्चित मन्दिर खाँडादेवी र सिन्धुलीमा रहेको सिन्धुलीगढी टुर प्याकेजको समेत व्यवस्था गरेको बताए ।

ट्रिपको औपचारिक कार्यक्रममा रिसोर्टका एक सञ्चालक समेत रहेका टे«किङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)का निर्वतमान अध्यक्ष नवराज दाहालले आन्तरिक पर्यटनको सम्भावना बोकेको मुलकोट क्षेत्रलाई नयाँ गञ्तव्यको रुपमा विकास गर्न सकिनेमा जोड दिए । कार्यक्रमलाई सम्बोधन गर्दै व्यवसायी लेखनाथ भण्डारीले कोरोना भाइरस पछि आन्तरिक पर्यटनको सम्भावना थप बलियो भएको भन्दै रिसोर्टले त्यही अनुरुपको योजना बनाएर अघि बढ्नुपर्ने सुझाव दिए । उनले मन्थली विमानस्थलको कारण मुलकोट क्षेत्र पर्यटकको लागी आर्कषण स्थल बन्न सक्ने औल्याए ।

ताजा अपडेट

खोजी गर्नुहोस