पर्यटन बोर्डको उपाध्यक्षमा धादिङका चन्द्र रिजाल नियुक्त

  • अनलाइन केन्द्र
  • / कृषि/पर्यटन /
  • २०७७ फागुन १८, मंगलबार (३ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फागुन १८, काठमाडौ । नेपाल पर्यटन बोर्डको सञ्चालक समिति उपाध्यक्षमा चन्द्र रिजाल नियुक्त भएका छन् । मंगलवार बसेको बोर्डको बैठकले रिजाललाई उपाध्यक्ष चयन गरेको हो ।

रिजालसहित ङावा ङिमा शेर्पा र कृष्ण शाह गत माघ २३ गते सञ्चालक समिति सदस्य नियुक्त भएका थिए । बोर्डका अन्य सदस्य विप्लव पौडेल र पम्फा धमलासहित सबैको सर्वसम्मतिमा रिजालाई उपाध्यक्ष चयन गरिएको हो।

टानका पूर्व अध्यक्ष समेत रहेका व्यवसायी रिजालले पर्यटन बोर्डमा १० वर्षपछि उपाध्यक्ष बन्ने शौभाग्य पाएका छन्। सदस्यबीचकै खिचातानी र एकले अर्कोलाई स्वीकार नगर्ने पर्यटन बोर्डमा १० वर्षदेखि कोही पनि उपाध्यक्ष हुन पाएका थिएनन्।

ताजा अपडेट

खोजी गर्नुहोस