बजेट अधिवेशन सुरु

राष्ट्रियसभा बैठक सुरु {LIVE}

  • अनलाइन केन्द्र
  • / सुचना /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ४९ पटक पढिएको
राष्ट्रियसभा बैठक सुरु {LIVE}

बैशाख २८, काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतको राष्ट्रियसभाको वर्षे अर्थात् बजेट अधिवेशन सुरु भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही वैशाख २८ गते संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप राष्ट्रियसभा बैठकको बजेट अधिवेशन सुरु भएको छ । नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुक्रबार दिउँसो २ बजेबाट बैठक सुरु भएको हो ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण बजेट जेठ १५ मा संसद्मा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ । त्यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रम दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुनेछ ।

अधिवेशनलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सभामुख देवराज घिमिरेले संसद्मा प्रतिनिधित्व गरेका प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग छलफल गरिसकेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस