सिरोहिया पक्राउ प्रकरण

प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र– गृहमन्त्रीले सत्ताको दुरुपयोग गरे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ९, बुधबार (३ हप्ता अघि)
  • ९२ पटक पढिएको
प्रधानमन्त्रीलाई सम्पादकहरूको पत्र– गृहमन्त्रीले सत्ताको दुरुपयोग गरे

जेठ ९,काठमाडौँ । कान्तिपुरका प्रकाशक कैलाश सिरोहियालाई मंगलबार कार्यकक्षबाटै पक्राउ गरिएकोमा प्रमुख सन्चारमाध्यमका सम्पादकहरुले आपत्ति जनाएका छन् । उनीहरुले प्रधानमन्त्री प्रचण्डलाई बुधबार एक पत्र लेख्दै राज्‍यले सृजना गरेको त्राससँग कुनै सम्झौता नगर्ने चेतावनीसमेत दिएका छन् ।

सिरोहियाले कानुनविपरीत काम गरेको भए तोकेबमोजिम सजाय भोग्नुपर्ने भन्दै सम्पादकहरुले त्यसका लागि आफू तयार रहेको भनी सिरोहिया स्वयंले समेत भनेको अवस्थामा गिरफ्तारीको बाटोमा राज्य किन लाग्यो भनी प्रश्नसमेत उठाएका छन् ।

जुन परिस्थितिमा, जस्तो आरोप लगाएर, जसरी कैलाश सिरोहियालाई गिरफ्तार गरियो, त्यसले गम्भीर प्रश्न खडा गरेको छ। कुनै पनि सञ्चार गृहभित्र प्रहरी प्रवेश गरी पक्राउ गरिएको घटनालाई हामीले प्रेसमाथि दबाब र त्रास सिर्जना गर्ने उद्देश्यका रूपमा लिएका छौं’, सम्पादकहरुको वक्तव्यमा उल्लेख छ, ‘नेपाली सञ्चार जगतमा लामो समयदेखि काम गरिरहेका हामी सम्पादकहरू प्रेस स्वतन्त्रता, कानुनको शासन र आफ्नो जिम्मेवारीप्रति सचेत छौं। र, त्यसको रक्षा गर्न र आफ्नो जिम्मेवारी पूरा गर्न कुनै सम्झौता गर्ने छैनौं भन्ने पनि स्पष्ट गर्न चाहन्छौं।’ उनीहरुले गृहमन्त्री रवि लामिछानेबाट सत्ताको दुरुपयोग भएको समेत पत्रमा उल्लेख गरेका छन् ।

हेर्नुहोस् प्रधानमन्त्रीलाई सम्पादकहरुले लेखेको संयुक्त पत्र

प्रतीक प्रधान – बाह्रखरी
शिव गाउँले – अनलाइनखबर
अमित ढकाल – सेतोपाटी
किरण नेपाल – खोज पत्रकारिता केन्द्र
युवराज घिमिरे – देशसञ्चार
सुधीर शर्मा
मदन लम्साल – अभियान
विमल गौतम – लोकान्तर
सागर पण्डित – नेपाल समाचारपत्र
राजाराम गौतम –
सुजित महत – उकालो
पूर्ण बस्नेत – नेपालखबर
बसन्त बस्नेत – अनलाइनखबर
हरिबहादुर थापा – बाह्रखरी
उमेश चौहान- कान्तिपुर
रामेश्वर बोहरा – उकालो
कोषराज कोइराला – रिपब्लिका दैनिक
गुणराज लुइँटेल – नागरिक दैनिक
रूपेश श्रेष्ठ – कान्तिपुर टिभी
अखण्ड भण्डारी – अन्नपूर्ण पोस्ट
विश्वास बराल – द काठमाडौं पोस्ट
सरोज मिश्र – राजधानी दैनिक
अरूण बराल – खबरहब
कमलदेव भट्टराई – अन्नपूर्ण एक्सप्रेस
प्रकाश रिमाल
कसमस विश्वकर्मा
सञ्जीव सतगैयां
विजय पौडेल – कान्तिपुर टिभी
रामप्रसाद दाहाल – रातोपाटी
दुर्गा खनाल – इकान्तिपुर
पुष्प दुलाल- क्लिकमाण्डु

 

ताजा अपडेट

खोजी गर्नुहोस