मनसुन

नेपालमा ३ दिन छिटो भित्रियो मनसुन, अब कहिलेबाट पर्छ पानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २८, सोमबार (१२ महिना अघि)
  • ३८१ पटक पढिएको
नेपालमा ३ दिन छिटो भित्रियो मनसुन, अब कहिलेबाट पर्छ पानी ?

जेठ २८, काठमाण्डौँ । यस वर्षको मनसुन प्रणाली कोशी प्रदेशको पूर्वी भूभागमा आजदेखि भित्रिएको छ ।
नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो भित्रिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालको अन्य भूभागमा केही दिनमा क्रमिक रुपमा मनसुन हुने अनुमान गरिएको छ ।

आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

# मनसुन

ताजा अपडेट

खोजी गर्नुहोस