सङ्घीयता थप सबल

‘साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिन्छ’ : प्रधानमन्त्री दाहाल

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८१ बैशाख २८, शुक्रबार (१ हप्ता अघि)
  • ४७ पटक पढिएको
‘साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिन्छ’ : प्रधानमन्त्री दाहाल

बैशाख २८, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विगतमा सङ्घीय सरकारले कार्यान्वयन गर्दै आएका साना योजना प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरेर सङ्घीयतालाई थप सबल तुल्याइने बताएका छन् ।

दार्मा गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस वर्षदेखि बजेटसम्बन्धी नीति र कार्यतालिका परिमार्जन गरेर सङ्घीयता सबल बनाउन लागिएको बताए ।

“योजनामा देखिएको दोहोरोपना अन्त्य गर्ने, ३ करोडभन्दा साना योजना सिधै प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “यी प्रयासहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्नेछन् ।”

ताजा अपडेट

खोजी गर्नुहोस