चैत्र ६, काठमाण्डौ । नेपालमा विद्युतीय राहदानी चाँडै वितरण गरिने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले चालू आर्थिक वर्ष २०७७÷७८ मा विद्युतीय राहदानी वितरण गर्ने गरी तयारी थालेको छ ।
विभागका निर्देशक राजेन्द्र पाण्डेले हाल कायम रहेको मेसिन रिडेबल पासपोर्ट विस्थापित गर्दै नेपालले विद्युतीय राहदानी प्रचलनमा ल्याउन लागेको बताए । उनले भने, ‘विद्युतीय राहदानीमा विद्युतीय चिप्स तथा बायोमेट्रिक परीक्षण ९औँठा छाप०सहितको दोहोरो सुरक्षा व्यवस्था रहने भएकाले निकै विश्वसनीय रहन्छ ।’
ठेक्का सम्झौताअनुसारको विद्युतीय राहदानीको डिजाइन तयार भइसकेको छ । डिजाइन यसै महिनाभित्र मन्त्रिपरिषद्मा स्वीकृतका लागि प्रक्रिया अगाडि बढेको छ । त्यसलगत्तै छपाइका लागि मेसिन मगाउने प्रक्रिया अघि बढ्ने विभागले जनाएको छ ।