एप्पलद्धारा आईफोन १४ को चार वटा सिरिज सार्वजनिक

  • अनलाइन केन्द्र
  • / प्रवास /
  • २०७९ भाद्र २३, बिहिबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । मोबाइल निर्माता कम्पनी एप्पलले आईफोन १४ को चार वटा सिरिज सार्वजनिक गरेको छ । गएराति ‘फार आउट’ इभेन्ट मार्फत एप्पलले आईफोन १४, आईफोन १४ प्लस, आईफोन १४ प्रो र आईफोन १४ प्रो म्याक्स गरी चार वटा मोडल बजारमा ल्याएको हो । आईफोन १४ को मूल्य करिब १ लाख १ हजार रुपैयाँ ७९९ डलर तोकिएको छ । त्यस्तै आईफोन १४ प्लसको मूल्य करिब १ लाख १३ हजार ८ सय रुपैयाँ ८९९ डलर रहेको छ ।

त्यसैगरी आईफोन १४ को प्रो र प्रो म्याक्स मोडलको मूल्य क्रमशः करिब १ लाख २६ हजार ५ सय रुपैयाँ ९९९ डलर र करिब १ लाख ३९ हजार २ सय रुपैयाँ १०९९ डलर तोकिएको छ । आईफोन १४ को बेस मोडल वा प्लस मोडल मिडनाइट, स्टारलाइट, निलो, रातो र सेतो गरी पाँच रङमा उपलब्ध छन् । त्यस्तै प्रो र प्रो मोडल ब्ल्याक, गोल्ड, सिल्भर र बैजनी रङमा उपलब्ध छ ।आईफोन १४ र आईफोन प्लस मोडलमा १२ मेगापिक्सलको दुई वटा क्यामरा सेन्सर दिइएको छ । आईफोन १४ प्रो मोडलमा अलवेज अन डिस्प्ले लगायत विशेषता रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस