सभामुखलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भन्दै सत्तारूढ गठबन्धनको विरोध (विज्ञप्तिसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७८ भाद्र ७, सोमबार (२ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

भाद्र ७,काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एमालेका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटालाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा सत्तारूढ गठबन्धनले विरोध गरेको छ।

संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणालीविरूद्ध हुने गरी सभामुखलाई भदौ ३ र ४ मा एमाले सांसदहरूले संघीय संसद सचिवालय सिंहदरबारमा र अध्यक्ष ओलीले मिडियामार्फत् अभिव्यक्ति दिएकोमा सत्ता गठबन्धनले आपत्ति जनाएका हुन्।

सोमबार विज्ञप्ति निकालेर नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसाल, नेकपा माओवादी केन्द्रका प्रमख सचेतक देवप्रसाद गुरूङ, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल र सांसद जीवनराम श्रेष्ठले एमालेले धम्कीपूर्ण अभिव्यक्ति दिएकोमा विरोध गरेका छन्। उनीहरूले एमालेलाई संवैधानिक मर्यादाको अबलम्वन गर्न पनि आग्रह गरेका छन्।

 

ताजा अपडेट

खोजी गर्नुहोस