सहकारीको बचत रकम हिनाबिना प्रकरण

सहकारी प्रकरण : छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ६, आईतबार (१ साल अघि)
  • १२३ पटक पढिएको
सहकारी प्रकरण : छानबिन समितिको क्षेत्राधिकार तोक्न गठित कार्यदलको बैठक बस्दै

जेठ ६,काठमाडौँ । सहकारीको बचत रकम हिनाबिना प्रकरणमा छानबिन गर्न गठित कार्यदलको बैठक बस्दैछ । कानुनमन्त्री एवम् कार्यादेश निर्माण कार्यदलका संयोजक पदम गिरीले कार्यादेश तयार गर्न अहिले बिहान साढे आठ बजे कार्यदलको बैठक बस्न लागेको जानकारी दिए ।

कार्यदलमा संयोजक गिरीसहित कांग्रेस सहमहामन्त्री जीवन परियार, एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनाल सदस्य छन् । आवश्यक परेमा प्रधानमन्त्री र शीर्ष नेतासँग परामर्श गरेर कार्यादेश टुङ्गोमा पुर्‍याउने सहमति भएको संयोजक गिरीले जानकारी दिए ।

हिजो बेलुका बसेको सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष दलको बैठकमा संसदीय छानबिन समिति बनाउने सहमति भएको हो । दलहरूबीच मुख्य विवाद रहेको समितिको क्षेत्राधिकारको विषय चार सदस्यीय कार्यदलले टुङ्गो लगाउनेछ । छानबिन समिति गठन गर्ने विषयमा यसअघि चरणवद्धरुपमा छलफल भएको थियो ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारीको रकम हिनाबिनामा मुछिएको विषयमा संसदीय छानबिन समिति गठन गरिनुपर्ने मागसहित कांग्रेसले संसद्मा निरन्तर अवरोध गर्दै आएको थियो । संसद् बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस