संसदमा भाड्भैलो, प्रतिनिधिसभा बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)
  • ७१ पटक पढिएको
संसदमा भाड्भैलो, प्रतिनिधिसभा बैठक स्थगित

जेठ २२, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँस गरेर स्थगित भएको छ । बैठक सुरु हुने बित्तिकै प्रतिपक्षी दलहरुले बिरोध जनाएपछि बैठक भोली दिउँसो १ बजे बस्ने गरी स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले नियमित कार्यसूचीमा प्रवेश गर्न लागेको सूचना सुनाएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका थिए । उनले दलीय आधारमा बोल्न दिने बताए पनि नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा र नेकपा एकीकृत समाजवादीका सांसदले उठेर अवरोघध गरे ।

भिजित भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको रानीनामा माग गर्दै विपक्षी दलहरुले गत जेठ १३ गतेदेखि सदन अवरुद्ध गर्दै आएका छन् । उनीहरुले उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताउदै आएका छन् । सत्तापक्ष विपक्षीको मागमा टसको मस भएको छैन ।

सत्तापक्ष र प्रतिपक्षको अडानका कारण जनप्रतिनिधिको सवोच्च थलो बन्धक बनेको छ । संसदमा अवरोधका कारण आर्थिक वर्ष २०८२/८३ को बजेटमाथिको छलफल प्रभावित बनेको छ । कानुन बनाउनेपर्ने थलोमा सांसदहरु भाड्भैलो गर्दै आएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस