#आइएमई लाइफ #इन्स्योरेन्स #लाभांश #सेयरधनी

आइएमई लाइफको लाभांश संशोधन, अब कति तोकियो बोनस र नगद ?

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • १०८ पटक पढिएको
आइएमई लाइफको लाभांश संशोधन, अब कति तोकियो बोनस र नगद ?

बैशाख २३, काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश संशोधन भएको छ । कम्पनीले यसअघि आफ्ना सेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश संशोधन भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र करसहित ९.५० प्रतिशत नगद गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, कम्पनीले बोनस सेयरलाई यथावत राख्दै नगद लाभांश घटाएको हो । अब कम्पनीले २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत नगद गरी कुल २६.१३५८ प्रतिशत मात्र लाभांश वितरण गर्ने भएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस