कार दुर्घटना

विराटनगरमा कार दुर्घटनामा चालकको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ५, शनिबार (१ साल अघि)
  • १३२ पटक पढिएको
विराटनगरमा कार दुर्घटनामा चालकको मृत्यु

जेठ ५, काठमाण्डौँ । विराटनगर महानगरपालिका–२ पिपल चोकमा शनिबार बिहान कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बरगाछीबाट कञ्चनबारीतर्फ जाँदै गरेको को २ च ३०३१ नम्बरको कार आफैं अनियन्त्रित भइ सडकबीचको डिभाइडरमा ठोक्किएर दुर्घटनामा परेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर कार चालक विराटनगर–५ का ३८ वर्षीय राजेन्द्रप्रसाद यादवको मृत्यु भएको छ । गम्भीर घाइते भएका यादवलाई उपचारका लागि विराट नर्सिङ होममा भर्ना गरिएको थियो । उपचारका क्रममा मृत्यु भएको डीएसपी बस्नेतले बताए । तीव्र गतिका कारण कार दुर्घटनामा परेको हुनसक्ने प्रहरीले जनाएको छ । कारभित्र चालक मात्रै रहेको खुलेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस