पोर्चुगलले जित्यो युइएफए नेशन्स लिगको उपाधि

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २६, सोमबार (५ घण्टा अघि)
  • ५४ पटक पढिएको
पोर्चुगलले जित्यो युइएफए नेशन्स लिगको उपाधि

जेठ २६, काठमाडौं । युइएफए नेशन्स लिगको उपाधि पोर्चुगलले जितेको छ । म्युनिखमा आइतवार सम्पन्न फाइनल खेलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५–३ ले हराउँदै पोर्चुगलले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेलमा २९२ गोलको बराबरी भएपछि थप ३० मिनेटको अतिरिक्त समय पनि कुनै गोल नभएपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको थियो ।

पोर्चुगलका लागि नुनो मेन्डिस र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरे भने स्पेनका लागि मार्टिन जुबीमेन्दी र मिकेल ओयारजाबाईले गोल गरेका थिए ।

२०२३ संस्करणका विजेता स्पेनले २१औं मिनेटमा मार्टिन जुबिमेन्दीको गोलबाट अग्रता लिएको थियो । तर पाँच मिनेटमै नुनो मेंडेसले बराबरी गोल गरे । यस्तै मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए ।

पहिलो हाफमा २–१ अगाडि रहेको स्पेन खेलको ६१औँ मिनेटमा पोर्चुगलले बराबरी गोल गरेको थियो ।

योसँगै पोर्चुगलले दोस्रो पटक युइएफए नेसन्स लिगको उपाधि जितेको छ । यसअघि २०१९ मा पोर्चुगलले यो उपाधि जितेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस