नेपालमा एम्पोरियो अरमानीको आधिकारिक आयातकर्तामा J&Co.

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २६, सोमबार (३ घण्टा अघि)
  • ३२ पटक पढिएको
नेपालमा एम्पोरियो अरमानीको आधिकारिक आयातकर्तामा J&Co.

जेठ २६, काठमाडौं । विश्वप्रसिद्ध लक्जरी फेसन ब्रान्ड Emporio Armani (एम्पोरियो अरमानी) ले नेपालमा आफ्नो आधिकारिक उपस्थिति सुनिश्चित गर्दै J&Co. लाई नेपालका लागि एकमात्र आधिकारिक आयातकर्ता नियुक्त गरेको छ । यस साझेदारीसँगै नेपालको फेसन बजारमा पहिलोपटक अन्तर्राष्ट्रिय स्तरको लक्जरी फेसन ब्रान्ड प्रवेश गर्न लागेको हो ।

एम्पोरियो अरमानी, इटालियन फेसन दिग्गज Armani Group अन्तर्गतको एक प्रमुख शाखा हो, जसले आधुनिक जीवनशैली झल्काउने उत्कृष्ट डिजाईन र आकर्षक एक्सेसरीहरू प्रदान गर्दै आएको छ। युवावर्गदेखि व्यवसायिक वर्गसम्ममा लोकप्रिय यो ब्रान्डले विश्वभर लक्जरी फेसनको पर्यायका रूपमा आफ्नो पहिचान बनाएको छ ।

J&Co. अब एम्पोरियो अरमानीको सम्पूर्ण उत्पादनहरूको आयात, वितरण र ब्रान्ड व्यवस्थापन गर्ने अधिकार प्राप्त कम्पनीको रूपमा नेपालमा परिचालित हुनेछ । कम्पनीले छिट्टै राजधानी काठमाडौंको प्रमुख व्यापारिक क्षेत्रमा उच्चस्तरीय शोरूम सञ्चालन गर्ने योजना बनाएको छ, जसबाट नेपाली ग्राहकले अन्तर्राष्ट्रिय स्तरको लक्जरी खरीद अनुभव लिन सक्नेछन् ।

शुरुआती चरणमा, शोरूममा ट्राभल एक्सेसरी, ट्राभल एक्सेसोरीज, ब्याग, जुत्ता, वालेट तथा अन्य फेसन एक्सेसरीहरू उपलब्ध गराइनेछ । कम्पनीका अनुसार, आगामी चरणहरूमा ग्राहकको मागअनुसार अन्य उत्पादनहरू पनि थप गरिनेछ ।

J&Co. का प्रवक्ताले भने, “एम्पोरियो अरमानी जस्तो प्रतिष्ठित ब्रान्डसँगको सहकार्य हाम्रो लागि गौरवको विषय हो । नेपालमा अन्तर्राष्ट्रिय लक्जरी ब्रान्डप्रति चासो र माग बढ्दो क्रममा छ, र हामीले ग्राहकलाई विश्वस्तरीय अनुभव दिने प्रतिवद्धता जनाएका छौं ।”

यो सहकार्यले नेपालको लक्जरी रिटेल बजारमा नयाँ युगको सुरुवात गर्ने विश्वास गरिएको छ । वैश्विक ब्रान्डहरू नेपाली बजारप्रति आकर्षित हुँदै जानु नेपालको उपभोक्ता शक्ति र फेसन चेतनाको विकासको स्पष्ट संकेत हो

ताजा अपडेट

खोजी गर्नुहोस