संसदको अवरोधले बजेटमाथिको छलफल अनिश्चित

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २६, सोमबार (३ घण्टा अघि)
  • ४३ पटक पढिएको
संसदको अवरोधले बजेटमाथिको छलफल अनिश्चित

जेठ २६, काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज सोमबार दिउँसो २ बजे बस्ने कार्यतालिका छ ।  प्रतिपक्षको अवरोधका कारण संसदको प्रतिनिधिसभा बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित हुँदै आएको छ । आजको बैठक पनि अनिश्चिन बनेको छ ।

गृहमन्त्री रमेश  लेखक भिजिट भिसा प्रकरणमा जोडिएको हुनसक्ने भन्दै छानबिनमा सहयोग गर्न उनले राजीनामा दिनुपर्ने माग गर्दै विपक्षी दलले संसद् अवरोध गर्दै आएका छन् ।संसद्को अवरोध हटाउने सत्तापक्षको आग्रहमा माओवादी केही लचक भए पनि रास्वपाको भने अडान कायमै छ ।

सत्तापक्षले भिजिट भिसा प्रकरणमा अख्तियारलाई सहयोग गर्ने आसयको प्रस्ताव तयार पारेको छ । तर अख्तियारले अनुसन्धान टुंग्याएपछि के गर्ने भन्ने विषयमा अहिले नै सहमति कायम हुनुपर्ने रास्वपाको अडान छ ।

संसद् अवरुद्ध हुँदा जेठ १५ गते सदनमा प्रस्तुत भएको आगामी वर्षको बजेटमा छलफल सुरु हुन सकेको छैन । आजको बैठकमा पनि उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आगामी आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ ।

बैठकमा राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विषयगत समितिमा सदस्य हेरफेर र प्रधानमन्त्रीको कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रको व्यहोरा सभामुख देवराज घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

ताजा अपडेट

खोजी गर्नुहोस