रुखबाट लडेर मृत्यु

  • अनलाइन केन्द्र
  • / कर्पोरेट /
  • २०७६ कार्तिक १७, आईतबार (४ साल अघि)
  • ६ पटक पढिएको
Post Thumbnail

कार्तिक १७, जाजरकोट । नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।

शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

दल्लीस्थित स्वास्थ्य संस्थामा उपचार हुन नसकेपछि उनलाई थप उपचारका लागि सदरमुकाम ल्याइएको थियो । गएराति नै उनको उपचार हुन नपाउँदै मृत्यु भएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस