Jimny रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

Jimny रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न

जेठ ७,काठमाडौँ । नेपालका लागि सुजुकी व्राण्ड चार पाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक सिजी होल्डिङ्स अन्तर्गतको अटोमोटिभ डिभिजन सिजी मोटरकर्प तथा सिजी नेक्सटेजेन ले जिम्नी रारा एडभेन्चर, “अ राईड विथ अ कज“ सम्पन्न गरेको छ । जिम्नी मालिकहरूले जिम्नीको वास्तविक क्षमता पत्ता लगाउन सकुन भन्ने उद्देश्यका साथ सो राईड सम्पन्न भएको कम्पनीले बताए ।

बैशाख २३ देखि २९ सम्म सम्पन्न भएको सो राईड बुटवल, सुर्खेत, कालिकोट, रारा, जुम्ला हुदै सुर्खेतमा समापन भएको थियो । बुटवलबाट सुरु भएको रारा एडभेन्चर राईडमा मारुती सुजुकी इंडिया लिमिटेडका डिभिजन लम्यानेजर अनिल सैनीले जिम्नीको ५ दशक भन्दा लामो बिरासत र यसको अफ रोडिंग क्षमताको बारे थप प्रकाश पार्नुको साथै विश्वभरी नै जिम्नी एउटा लाइफ स्टाईल एसयूभी को रुपमा निकै लोकप्रिय भएको पनि बताए । ९० भन्दा धेरै देशहरुमा लन्च भएको जिम्नी ३०००० भन्दा धेरै युनिट बिक्रि भईसकेको पनि बताए ।

सो राईडमा १० वोटा जिम्नी गाडीले सहभागीता जनाएको थियो । राईडलाई अझै अर्थपूर्ण बनाउन कालिकोट क्षेत्रस्थित श्री सरस्वती आधारभूत विद्यालयलाई २ लाखको सहयोग हस्तान्तरण पनि गरेको थियो । १३५ भन्दा बढी विधार्थी अध्यनरत सो विद्यालयलाई कालिकोटमा एउटा सहयोग कार्यक्रम आयोजना गरी मुलपानी –८, कालिकोटका वडा अध्यक्ष लाल बहादुर विष्टको उपस्थितिमा सहयोग हस्तान्तरण गरिएको थियो ।

राईडमा सहभागि एक जिम्नी ग्राहक शिव श्रेष्ठले आफ्नो अनुभव सुनाउदै भन्नुभयो, “ रारा फेरि जानु एउटा इच्छा थियो, जिम्नी मैले यसको अफ रोडिंग क्षमताका कारण खरिद गरेको हो, यो राईडमा जिम्नीको क्षमता अनुभव गर्न पाए । यो कार्यक्रममा विभिन्न क्षेत्रका अरु जिम्नी राईडरहरु भेट्न पाए, एउटा परिवार जस्तो भयौ हामी, यो राईड अत्यन्त रमाइलो भयो र आगामी दिनमा पनि यस्तो कार्यक्रम आयोजना होस् भनेर कामना पनि गर्दछु । “ अर्को जिम्नी ग्राह आदित्य थापाले भने,“ म सोलो राईड धेरै पटक गएको छु, तर यो कार्यक्रममा अरु जिम्नी ओनर्ससंग जानु पाउदा अझै रमाइलो भयो । “ जिम्नी लिएपछि मलाई एकचोटी कर्णाली राजमार्ग जानु इच्छा थियो, यो राईड आयोजना हुदै छ भनि थाहा पाएपछि, ड्रिमकम त्रु फिल भयो, येसरी संगठित र सुरक्षित तवरले आयोजना गरिदिनु भएकोमा म आयोजक टिमलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। “ अर्का ग्राहक डा. मुकुन्द जोशीले जोडेका थिए ।

कार्यक्रम बारे बोल्दै,सिजी मोटरकर्प तथा सिजी नेक्टजेनका महाप्रबन्धक सिरज पन्तले भने, “अफ रोडिंग जिम्नीको मुख्य विशेषता हो, यो एउटा लाइफ स्टाईल एसयूभी हो जसले एडभेन्चर रोज्ने ग्राहकको माग पुरा गर्दछ । यो कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य भनेको नै उहाहरुलाई आफ्नो सवारीको क्षमता महसुस गरुन र आफ्नो अनुभव एक अर्कामा आदानप्रदान गरी एउटा कम्युनतीको रुपमा आगाडी बढोस भन्ने हो। आगामी दिनमा जिम्नीको आफ्नै एडभेन्चर क्लब स्थापना गरी यस्तो कार्यक्रम भविष्यमा संचालन गर्नेछौ । यो पहिलो संसकरण निकै सफल भयो र हामी सहभागी सबै जिम्नी ग्राहकलाई धन्यवाद दिन चाहन्छु ।

ताजा अपडेट

खोजी गर्नुहोस