देशभरकै हावा प्रदूषित

मुगुको राराताल आसपासको हावा काठमाण्डौकोभन्दा पनि प्रदुषित

मुगुको राराताल आसपासको हावा काठमाण्डौकोभन्दा पनि प्रदुषित

बैशाख २२,काठमाडौँ । धेरैजसो समय स्वच्छ हावा बहने मुगुको राराताल आसपासको हावासमेत प्रदूषित भएको छ । अहिले काठमाण्डौको हावा र रारा ताल आसपासको हावाको गुणस्तर उस्तै–उस्तै रहेको वातावरण विभागले राखेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कले देखाएको छ ।

देशका ठूला शहरमध्ये काठमाण्डौ विश्वकै प्रदूषित सहरका रुपमा रहेको छ भने रारा ताल आसपासको हावा काठमाण्डौकोभन्दा पनि प्रदुषित रहेको छ । वन डढेलो तथा हावा बहने क्रमका कारण अहिले काठमाण्डौ र जुम्ला तथा मुगुमा वायु प्रदूषण उस्तै देखिएको वायु गुणस्तरविज्ञ डाक्टर भूपेन्द्र दास बताउछन् ।

लामो समयदेखि देशका धेरै ठाउँमा डढेलो लाग्दा देशभरकै हावा प्रदूषित बनेको छ । अहिले हिमाली क्षेत्रमासमेत बाक्लो तुवाँलो देखिएको हिमाल आरोहणमा गएका बताउँछन् । यस वर्ष गएका वर्षमा जस्तो प्रष्ट हिमाल देख्न समस्या छ । अहिले वातावरण विभागले राखेका धेरैजसो वायु प्रदुषण मापन केन्द्रले रातो सङ्कके दिएर हावाको अबस्था अस्वस्थकर देखाइरहेका छन् ।

यस्तै आज पनि देशका धेरै ठाउामा डढेलो लागिरहेको छ । वन तथा भूसंरक्षण विभागको डढेलो अवलोकन प्रणालीकाअनुसार देशका झन्डै एक सय ५० ठाउँमा बलिरहेको डढेलो छ । एक हप्तामा मात्रै देशका देशका झण्डै १२ सय ठाउँमा डढेलो लागिसकेको छ ।

डढेलोले सयौं हेक्टर वन जल्दा बन तथा पशुचौपयाको क्षती भइरहेको छ भने डढेलो बस्तीमा पुग्दा घरगोठ जलेर जनधनको क्षती पनि भइरहेको छ । देशभरी बन जलिरहेपनि सरकारले नियन्त्रणका लागि प्रभावकारी काम नगरेको स्थानीयको गुनासो छ ।

ताजा अपडेट

खोजी गर्नुहोस