नेपाल-जापान सम्बन्ध

जापानका परराष्ट्रमन्त्री योको कामीकावा आज नेपाल भ्रमणमा आउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • ६२ पटक पढिएको
जापानका परराष्ट्रमन्त्री योको कामीकावा आज नेपाल भ्रमणमा आउँदै

बैशाख २३,काठमाडौँ । जापानका परराष्ट्रमन्त्री योको कामीकावा आज एक दिने नेपाल भ्रमणमा आउँदै छन् । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको निमन्त्रणामा कामीकावा नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

भ्रमणका क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्ने तथा परराष्ट्रमन्त्री श्रेष्ठसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा कुनै समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम नभए पनि दुई पक्षीय सम्बन्धकाबारेमा छलफल हुनेछ । दुई देशबीच अर्को वर्ष कूटनीतिकसम्बन्ध कायम भएको ७० वर्ष पुग्नेछ ।

हालै भारत, कतार, चीन, अमेरिकालगायत देशबाट नेपालमा भइरहेका भ्रमणको श्रृङ्खला माझ नेपालको प्रमुख साझेदार रहेको जापानबाट परराष्ट्रमन्त्री तहको भ्रमण हुन लागेको हो ।

जापानका परराष्ट्रमन्त्री कामीकावाले फ्रान्स र श्रीलङ्कासहित ६ वटा देशको भ्रमणको कार्यसूची अन्तर्गत नेपाललाई अन्तिम गन्तव्य बनाउन लागेका हुन्। उनि आज बेलुका नै काठमाण्डौबाट स्वदेश फर्कनेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस