कांग्रेस नेता सिंहले भने-‘नारा दिने तर काम नगर्ने कम्युनिष्टविरुद्ध खरो उत्रिनुस’

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७८ चैत्र १६, बुधबार (२ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

चैत्र १६ , काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आगामी चुनावमा खरो ढंगले प्रतिस्पर्धामा उत्रिन कांग्रेस नेता–कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । कांग्रेसको प्रतिस्पर्धी कम्युनिष्ट भएको भन्दै उनले चुनावमा खरो ढंगले उत्रिनुपर्ने बताए ।

आज चन्द्रागिरिमा आयोजित नगरस्तरीय भेलामा नेता सिंहले भने, ‘नारा दिने तर काम नगर्ने पार्टी कम्युनिष्टहरु भएको कुरा लिएर जनतासामु पुग्नु पर्छ ।’ उनले २०४६ सालयताको राजनीतिक परिवर्तनपछि अपेक्षाकृत विकास नहुनुमा एमाले मुख्य बाधक भएको आरोपसमेत लगाए ।

कांग्रेसको एक महिने चुनावी अभियानले देशभर हलचल ल्याएको दाबी गर्दै उनले जनताको घरमा पुग्दा शालिनता र नम्र व्यवहार देखाउन कार्यकर्ताहरुलाई निर्देशन दिए । स्थानीय निकायको चुनावमा पार्टीका उमेदवार सिफारिस र चयन पार्टी विधान अनुसार गर्नुपर्ने बताउँदै उनले विधानको व्यवस्थाभन्दा बढी सिफारिस गरेर आफू लोकप्रिय बन्ने र दोष अरु नेताको टाउकोमा थोपर्ने काम नगर्न निर्देशनसमेत दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस