धादिङको रुबीभ्याली र जाजरकोटका खानीहरूबाट किम्मती पत्थर उत्खनन गरिने

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७९ जेष्ठ १५, आईतबार (१ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

जेठ १५, काठमाण्डौ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै धादिङको रुबी भ्याली र जाजरकोटका खानीहरूबाट किम्मती र अर्धकिम्मती पत्थर उत्खनन गरिने बताएका छन्।

धादिङको रुबी भ्यालीमा रुबी पत्थरको खानी भएको मानिन्छ। जाजरकोटमा टुर्मालिन, काइनाइट जस्ता अर्धकिम्मती पत्थरका खानी छन्। बजेटले नवलपरासीको धौबादी फलाम खानीबाट फलाम उत्खननको प्रक्रिया अघि बढाउने सहितका कार्यक्रम पनि घोषणा गरेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस