नवराज ढुंगाना परराष्ट्रमा सरुवा ! राजश्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • ८९ पटक पढिएको
नवराज ढुंगाना परराष्ट्रमा सरुवा ! राजश्व अनुसन्धानको महानिर्देशकमा चक्र बुढा

राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाको परराष्ट्र मन्त्रालयमा सरुवा भएको छ । ढुंगानाको ठाउँमा चक्रबहादुर बुढालाई पठाइएको छ ।
बुढालाई हालै पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो । बुढालाई राजश्व अनुसन्धान विभागमा पठाएर ढुंगानालाई कलकत्ताको महावाणिज्य दूतको जिम्मेवारी दिएर पठाउने तयारी छ ।

कलकत्ताको महावाणिज्य दूत ईश्वरराज पौडेललाई भने परराष्ट्र मन्त्रालयमा तान्ने तयारी भइरहेको स्रोतले जनाएको छ ।

गत असार २०८०मा राजस्व अनसन्धान विभागको महानिर्देशकमा ढुंगाना नियुक्त भएका थिए । उनी त्यसअघि प्रधामनन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी सचिव थिए । महानिर्देशक भएपछि राजस्व अनुसन्धान विभागले भन्सारबाट बाहरिएको ६१ किलो सुन सिनामंगलबाट पक्राउ गरेपछि उनी चर्चामा आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस