समसामयिक छलफल

प्रचण्ड, ओली र रविबीच तीन घन्टा वार्ता

सहकारी प्रकरण बिषय गुमनाम
  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • १०० पटक पढिएको
प्रचण्ड, ओली र रविबीच तीन घन्टा वार्ता

बैशाख २३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेबीच तीन घण्टा वार्ता भएको छ ।

तीनजना शीर्ष नेताहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

पछिल्लो समय नेपाली काँग्रेसले गृहमन्त्री लामिछानेको नाम मुछिएको सहकारी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग गर्दै आएको छ । सरकारले आगामी वैशाख २८ गते बजेट अधिवेशन बोलाएको छ ।

अधिवेशन सुरू हुनुअघि नै समिति गठनबारे निष्कर्ष निकाल्ने प्रधानमन्त्रीले प्रयास गरिरहेका छन् ।

# प्रधानमन्त्री #‘प्रचण्ड #पुष्पकमल दाहाल  #केपी शर्मा ओली # रवि लामिछाने

ताजा अपडेट

खोजी गर्नुहोस