सहकारीको रकम अपचलन

कार्यदलको बैठक निष्कर्षविहीन, आज पनि जुटेन सहमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ६५ पटक पढिएको
कार्यदलको बैठक निष्कर्षविहीन, आज पनि जुटेन सहमति

जेठ ११, काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टीओआर टुंगो लगाउन बसेको कार्यदलको बैठक निष्कर्षविहीन भएको छ ।

हिजोदेखि नै लगातार छलफल गरे पनि दुवै पक्षले सहमति जुटाउन सकिरहेका छैनन् । शुक्रबार कानून मन्त्रालयमा बसेको कार्यदलको बैठकमा सहमति नजुटे पनि छलफल सकारात्मक भएको एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।

आज प्रतिनिधि सभा बैठक बोलाइएको छ । तर यता कार्यदलमा सहमति जुट्न नसक्दा बैठक के हुने हो भन्ने अन्योल छ । सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समिति गठनको माग गर्दै कांग्रेसले संसद् बैठक अवरोध गर्दै आएको छ ।

# सहकारीको रकम अपचलन

ताजा अपडेट

खोजी गर्नुहोस