प्रतिनिधिसभा

प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ अषाढ २, आईतबार (११ महिना अघि)
  • १०९ पटक पढिएको
प्रतिनिधिसभामा खर्च कटौतीको प्रस्ताव प्रस्तुत

असार २, काठमाडौँ । प्रतिनिधिसभा बैठकमा सांसदहरूले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन, ऊर्जा, जलस्रोत तथा सिँचाइ र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका छन् ।

बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले विनियोजन विधेयक, २०८१ अन्तर्गत सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरे । उनले नीतिगत असहमतिको व्यहोरा प्रस्तुत गर्दै यस मन्त्रालयका पदाधिकारीहरूले पाउने विभिन्न शीर्षकको भत्ताको खर्च कटौती गर्नुपर्ने बताए ।

#प्रतिनिधिसभा

ताजा अपडेट

खोजी गर्नुहोस