युवा संघको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थेबे र पुरी भिड्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एमाले /
  • २०८२ जेष्ठ १२, सोमबार (१ दिन अघि)
  • ५८ पटक पढिएको
युवा संघको नेतृत्व चयनका लागि आज मतदान, अध्यक्षमा थेबे र पुरी भिड्ने

जेठ १२, काठमाडौं । एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघको नेतृत्व चयनका लागि आज मतदान हुदैछ । पोखरामा जारी दशौं महाधिवेसनबाट सर्वसम्मत नेतृत्व छान्ने लामो प्रयासमा असफल भएपछि मतदान हुने भएको हो ।

मतदानको समय अहिले बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म तोकिए पनि कुनै पनि उम्मेदवारी दर्ता बाहेक अरु प्रक्रिया अघि बढ्न सकेको छैन । उम्मेदवारको दाबी विरोध, अन्तिम नामावली प्रकाशन लगायतका प्रक्रिया पूरा गर्न अपराह्नसम्मको समय लाग्ने निर्वाचन समितिले जनाएको छ ।

अध्यक्षका लागि निवर्तमान अध्यक्ष क्षितिज थेबे र महासचिव सुमन पुरीले प्यानलसहित उम्मेदवारी दिएका दिएका छन् । थेवेको नाममा पार्टी नेतृतवले सहमति गराउने प्रयास गरेपनि पुरीले नमानेपछि पहिलो पटक चुनावबाट नेतृत्व चयन हुने भएको हो ।

दुई प्यानलबाट पदाधिकारी र सदस्यमासमेत गरेर ३९९ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । अध्यक्षमा क्षितिज र सुमनको मात्र परेको छ भने उपाध्यक्षमा भने ३ जनाको उम्मेदवारी परेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस