भ्वाङ परेको पुलमुनि डाइभर्सन बनाएर सवारी आवागमन सञ्चालनमा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १३, मंगलबार (७ घण्टा अघि)
  • ३७ पटक पढिएको
भ्वाङ परेको पुलमुनि डाइभर्सन बनाएर सवारी आवागमन सञ्चालनमा

जेठ १३, धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत थाक्रे गाउँपालिका–७ स्थित सोताङ खोलाको पुलमा भ्वाङ परेपछि ठप्प भएको सवारीसाधनको आवागमन पुनः सञ्चालनमा आएको छ ।

पुलमुनि डाइभर्सन बनाएर वैकल्पिक बाटो तयार गरी यातायात पुनः सञ्चालन गरिएको बागमती प्रदेश ट्राफिक कार्यालयका प्रमुख तथा एसपी नरेशराज सुवेदीले जानकारी दिए । अहिले आलोपालो गरेर दुवैबाट यातायात संचालन गरिएको एसपी सवेदीले बताए ।

पुलमा भ्वाङ परेर यातायात अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन अलपत्र परेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस