चेन्नई र हैदराबादको शानदार जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ १२, सोमबार (१ दिन अघि)
  • ४३ पटक पढिएको
चेन्नई र हैदराबादको शानदार जित

जेठ १२, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा चेन्नई सुपर किङ्गस र सनराइजर्स हैदराबादले शानदार जित निकालेको छ । गएराति सम्पन्न अन्तिम खेलमा चेन्नईले गुजरात टाइटन्सलाई ८३ रनले हरायो ।

चेन्नईले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको गुजरात १८.३ ओभरमा १४७ रनमा अलआउट भयो । गुजरातका लागि ओपनर साई सुदर्शनले सर्वाधिक ४१ रन बनाए । अर्शद खानले २० रनको योगदान दिए ।

चेन्नईका नूर अहमद र अंशुल कम्बोजले समान विकेट लिए । रविन्द्र जडेजाले दुई विकेट लिए ।

अहमदाबादको नरेन्द्र मोदी रंगशालामा टस जितेर ब्याटिङ गरेको चेन्नईले पाँच विकेट गुमाएर दुई सय ३० रन बनाएको थियो । चेन्नईका रविन्द्र जडेजा २१ रनमा अविजित रहे । डेवाल्ड ब्रेभिसले ५७, डेभन कोन्वे ५२, ओपनर आयुष म्हात्रेले ३४ र उर्विल पटेलले ३७ रन बनाए । गुजरातका प्रसिद्ध कृष्णले दुई विकेट लिए ।

हिजो खेल हारे पनि शीर्ष स्थानमा रहेको गुजरात यस अघि नै प्लेअफमा पुग्न सफल भएको थियो । गुजरातको १४ खेलमा १८ अङ्क छ । चेन्नई यसअघि नै प्लेअफमा पुग्न असफल भएको थियो । १४ खेलमा चेन्नईको आठ अङ्कसहित तालिकाको पुछारमा छ ।

यसअघि हिजो नै भएको अर्को खेलमा हैदराबादले कोलकाता नाइट राइडर्सलाई एक सय १० रनले हरायो । हैदराबादले दिएको दुई सय ७९ रनको ठूलो लक्ष्य पछ्याएको कोलकाता १८.४ बलमा एक सय ६८ रनमा अलआउट भयो ।

त्यसअघि दिल्लीमा टस जितेर ब्याटिङ गरेको हैदराबादले तीन विकेट गुमाएर दुई सय ७८ रन बनाएको थियो । उसका लागि हेनरिक क्लासेनले ३९ बलमा १०५ रनको शतकीय पारी खेल्दै नटआउट रहे ।

हैदराबाद र कोलकाता यस अघि नै प्लेअफ पुग्न असफल रहे । हैदराबादले १४ खेलमा १३ अङ्कसहित तालिकाको छैटौं स्थानमा रहँदै सिजन टुङ्ग्याएको छ । कोलकाता भने १४ खेलबाट १२ अङ्कसहित आठौं स्थानमा सिमित रह्यो ।

अब आईपीएल क्रिकेटमा लिग चरणका दुई खेल मात्र बाँकी छन् । आज पञ्जाब किङ्स र मुम्बई इन्डियन्स तथा भोलि लखनउ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच खेल हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस