‘नेतृत्वकर्ताको असक्षमताले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बन्न सकेन’

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ ११, आईतबार (३ घण्टा अघि)
  • ३५ पटक पढिएको
‘नेतृत्वकर्ताको असक्षमताले संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन बन्न सकेन’

जेठ ११, काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेतृत्वकर्ताहरूको असक्षमताका कारण संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन अझै बन्न नसकेको बताएका छन् ।

संघीय संसद् सचिवालयको आयोजनामा हेटौंडामा आइतबार भएको राष्ट्रिय सभाका सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखबीचको समन्वय बैठकमा अध्यक्ष दाहालले संविधान जारी गर्दा बखत नै संघीयता कार्यान्वयनका लागि आवश्यक कानुन १ वर्षभित्र बनाउनु पर्ने व्यवस्था गरिए पनि १० वर्षसम्म पनि कानुन बन्न नसकेको बताएका हुन् ।

‘नेतृत्वकर्ताहरूको असक्षमताको कारण ०२८ सालको शिक्षा ऐन, ०२९ सालको वन ऐनबाटै राज्य सञ्चालन गर्नुपर्ने बाध्यतात्मक अवस्था रहेको छ,’ प्रधानमन्त्री कार्यालय र कानुन मन्त्रालयले आफूहरूको अनुरोधलाई वास्ता नगरेको गुनासो गर्दै उनले भने,‘ राष्ट्रिय सभालाई बौद्धिक सभा भनिए पनि बेलाबेखत राष्ट्रिय सभा सदस्यहरूकै मानमर्दन हुने गरी अभिव्यक्ति आउने गरेको छ ।’

बागमती प्रदेशका पालिकाहरूको मेयर, उपमेयर र प्रमुखरउपप्रमुखहरूको सहभागिता रहेको उक्त कार्यक्रममा तीन वटै तहको सरकारबाट राष्ट्रिय सभालाई उपेक्षा गरिएको गुनासो उनले गरे । अध्यक्ष दाहालले संघीयता र गणतन्त्रमाथि संसद्‍मा प्रतिगामी तत्वहरूबाट हमला भइरहेकोले त्यसतर्फ सचेत हुनसमेत आग्रह गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस