जेठ ११,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १३ जेठमा बस्ने प्रतिनिधिसभाको बैठक सामान्य तरिकाले चल्न नसक्ने बताएको छ ।
आइतबार बसेको केन्द्रीय समितिको बैठकपछि प्रतिक्रिया दिने क्रममा कार्यवाहक प्रवक्ता मनीष झाले अब बस्ने प्रतिनिधिसभाको बैठक सामान्य नहुने बताए ।
मंगलबार गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफू माथि उठ्का प्रश्नको जवाफ दिने बताएका छन् । रास्वपा कार्यवाहक झाले त्यस दिनको रणनीति के हुने रु अहिले नै नभन्ने तर सहज अवस्था नहुने संकेत गरे ।
प्रवक्ता झाले गृहमन्त्री लेखकले गृहमन्त्रीको बोलीप्रति प्रतिवाद गर्दै प्रमाणित भए राजीनामा दिने नभई जेल जानुपर्ने बताए ।