बेरुजुको विषयमा थाक्रे गाँउपालिकाको ध्यानाकर्षण, भ्रामक प्रचार नगर्न आग्रह (पत्रसहित)

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ७, बुधबार (६ घण्टा अघि)
  • ६५ पटक पढिएको
बेरुजुको विषयमा थाक्रे गाँउपालिकाको ध्यानाकर्षण, भ्रामक प्रचार नगर्न आग्रह (पत्रसहित)

जेठ ७,धादिङ । पछिल्लो समय बेरुजुको विषयमा सामाजिक सञ्जालमा आएका टिप्पणीको विषयमा थाक्रे गाँउपालिकाले ध्यानाकर्षण भएको बताएको छ । पालिकाका अध्यक्ष रामकुमार आचार्यले जारी गरेको ध्यानाकर्षण पत्रमा अध्यावद्यिक बार्षिक प्रतिवेदन नआई पुरानै प्रतिवेदनको आधारमा समाचार बनाएको बताएका छन् । उनले भ्रामक प्रचारमा नराउन आग्रह गर्दै सत्य तथ्यमा आधारित ाएर समाचार प्रकाशन गर्न पनि आग्रह गरेको छ । पत्रमा भनिएको छ–प्रस्तुत विषयमा आ. व. २०८०/०८१ को महालेखा परिक्षकको कार्यालयले बासट्टिऔं बार्षिक प्रतिवेदन २०८२ सम्माननीय राष्ट्रपतिज्यु समक्ष पेश गरेतापनि स्थानीय तहको अन्तिम विस्तृत प्रतिवेदन हाल सम्म प्राप्त नभएको तर सामाजिक संजाल, स्थानीय संचार माध्यममा आ.व. २०७९/८० को म.ले.प.प्रतिवेदनलाइ आ.व. २०८०/०८१को प्रतिवेदन भनी भ्रमात्मक प्रचार गरिएको हुदा यस गाउपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ।

आचार्यले गत विगत आर्थिक वर्षका म.ले.प. प्रतिवेदनमा उल्लेखित विभिन्न बेरुजु दफाहरुको सम्बन्धित पक्षसँग समन्वय गरी असुल गर्नु पर्ने रकम असुल, नियमित र प्रमाण पेश गरी संपरिक्षण गरिएको र केही बाँकी संपरिक्षणको क्रममा रहेको जानकारी गराईन्छ। सालबसाली रुपमा महालेखा परिक्षकको कार्यालयबाट हुने लेखा परिक्षणको प्रतिवेदनमा गाउँपालिकाको बेरुजु रकम घट्‌दै गएको समेत बताएका छन् । उनले कार्यालयले कार्यसम्पादन गर्दा नेपालको संविधान, मैजुदा ऐन, कानुन, नियमावली, कार्यविधिहरु, महालेखा परिक्षकको सुझाव लगायतलाइ पालना गरी गर्ने गरीएको समेत उल्लेख गरेका छन् ।

आचार्यले गाँउपालिका सुशासनका आयामहरुमा प्रतिबद्ध रहेको व्योहोरा सबैको जानकारीका लागि ध्यानाकर्षण गरिएको बताउदै सत्य तथ्यमा आधारित भई गरिएका आलोचना, टिप्पणी तथा प्रतिक्रियाहरु गाँउपालिका नेतृत्वले स्विकार गर्ने समेत जिकिर गरेका छन् । सामाजिक सञ्जालमा मनपरि लेख्ने, व्यक्तिगत चरित्र हत्या गर्ने, गलत सूचना प्रवाह गर्ने छुट कोही कसैलाइ नभएको उनले ध्यानकर्षण पत्रमा भनेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस