बिजुली व्यापार

आजबाट विद्युत प्राधिकरणले भारतमा बिद्युत बेच्न थाल्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ ७, बुधबार (५ घण्टा अघि)
  • ५४ पटक पढिएको
आजबाट विद्युत प्राधिकरणले भारतमा बिद्युत बेच्न थाल्यो

जेठ ७,काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले भारतमा बिद्युत निर्यात सुरू गरेको छ । प्राधिकरणले गत शनिबार देखि भारतमा विद्युत निर्यात सुरु गरेको जनाएको छ । प्राधिकरणका अनुसार शनिबारदेखि निरन्तर रुपमा रातीको समयमा भारतमा विद्युत नियमित भइरहेको छ । विद्युत प्राधिकरणका प्रवक्ता राजाभाइ शिल्पकारका अनुसार शनिबारदेखि भारतमा नियमित रुपमा विद्युत निर्यात सुरु भएको हो ।

उनले पछिल्लो चार दिन देखि रातको समयमा भारतलाई विद्युत निर्यात गरिरहेको बताए । उनले भने,‘ गत शनिबार राती देखि पछिल्लो चार दिन मंगलवारसम्म दैनिक १५० देखि २०० मेगासम्म विद्युत भारतमा निर्यात भएको छ । नेपालमा पानी बढ्न थालेसँगै उत्पादनमा भएको वृद्धिले नेपालको माग पूरा गरी भारतलाई विद्युत निर्यात सुरु गरिएको छ ।’

प्रवक्ता शिल्पकारले उत्पादित विद्युतले नेपालको मागलाई पूरा गरि बढी हुन थालेकाले भारतीय रियल टाइम मार्केटमा बेच्न सुरु गरेको बताए । उनले इन्डियन इनर्जी एक्सचेन्जको रियल टाइम दररेट अनुसार बिक्री सुरु भएको बताए ।

प्राधिकरणले भारतलाई नदी प्रवाहमा आधारित (आरओआर) जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत निर्यात गरिएको बताए । नदी प्रवाहमा आधारित जलविद्युत आयोजनाहरुमा उत्पादन कमीभएसँगै भारतबाट महँगो मुल्य विद्युत खरिद गरी नेपालको माग पूरा गरिरहेको थियो ।

तर, नेपालमा मनसुन प्रवेशसँगै विद्युत निर्यात गर्न सुरु गर्दा प्राधिकरणलाई ठूला राहत भएको प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस