चार प्रदेशमा भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ २३, सोमबार (६ घण्टा अघि)
  • ४५ पटक पढिएको
चार प्रदेशमा भारी वर्षाको सम्भावना

असार २३, काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहनेछ । सुदूरपश्चिम प्रदेशको धेरै स्थानहरूमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा गण्डकी प्रदेशको एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च(पहाडी तथा हिमाली भू(भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।

राति पनि देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । देशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानगमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती, गण्डकी र सुदूपश्चिम प्रदेशको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस