नेपाली कांग्रेस

प्रतिनिधिसभामा विपक्षीको अवरोध कायमै, बैठक स्थगित

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ ११, शुक्रबार (३ हप्ता अघि)
  • ५८ पटक पढिएको
प्रतिनिधिसभामा विपक्षीको अवरोध कायमै, बैठक स्थगित

जेठ ११, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका विपक्षी दलहरूले प्रतिनिधिसभा बैठकमा अवरोध कायम राखेका छन् । प्रतिपक्षी दलको अवरोधपछि सभामुख देवराज घिमिरेले शुक्रबारको दैनिक कार्यसूचीमा रहेका सम्पूर्ण व्यहोरा हटाएर बैठक स्थगित गराएका छन् । सभामुख घिमिरेका अनुसार, अर्को बैठक आगामी जेठ १३ गते बिहान ११ बजे बस्नेछ ।

शुक्रबार प्रतिनिधिसभा बैठक सुरु हुनुअघि नयाँ बानेश्वरस्थित कांग्रेस सभापति शेरबहादुर देउवाको कार्यकक्षमा बसेको विपक्षी नेताहरुको बैठकले संसदको अवरोध जारी राख्ने निर्णय गरेको थियो । बैठकले सहकारीको रकम अपचलन गरेको मुद्दालाई सडकमा पनि संयुक्त रूपमा उठाउने निर्णय गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

#नेपाली कांग्रेस

ताजा अपडेट

खोजी गर्नुहोस