चन्द्रागिरीमा एकैदिन २२ सय जनाले गरे सम्पदा पदयात्रा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • ६२ पटक पढिएको
चन्द्रागिरीमा एकैदिन २२ सय जनाले गरे सम्पदा पदयात्रा

बैशाख २३,काठमाडौँ । काठमाडौको चन्द्रागिरि नगरपालिकामा सम्पदा पदयात्रा सम्पन्न भएको छ । चन्द्रागिरि हाकर्स कमिटीको आयोजनामा शनिबार सम्पदा पदयात्रा सम्पन्न भएको हो ।

नगरपालिकाभित्र रहेका सम्पदाहरूको पहिचान गरि पर्यटन प्रवर्धन गर्ने उद्देश्यले २२ गते २२ सय जनालाई २२ किलोमिटर पदयात्रा गराउने लक्ष्य अनुरुप आयोजना गरिएको पदयात्रामा चन्द्रागिरि नगरपालिकाका १५ वटै वडाका नागरिकहरुले सहभागिता जनाएको आयोजक चन्द्रागिरि हाइकर्स कमिटीका अध्यक्ष प्रशन्न गोपालीले जानकारी दिए ।

चन्द्रागिरि नगरपालिका परिसरबाट सुरू भएको पदयात्रा बलम्बु त्रिवेणीघाट, गणेशस्थान, राधाकृष्ण मन्दिर, बुद्धपार्क, महालक्ष्मी मन्दिर, त्रिभुवन पार्क, थानकोट कोतघर, महादेव मन्दिर, मातातीर्थ, किसीपिडी, मच्छेगाउँ, टौखेल, विष्णुदेवी मन्दिर हुँदै पुरानो नैकाप खेल मैदानमा समापन भएको थियो ।

कमिटिले आयोजना गरेको पदयात्रा कार्यक्रममा बिभिन्न संघ संस्थाहरुले स्वयं सेवा गरेका थिए । थानकोट जेसीस सहित बिभिन्न संघसंस्था र स्थानीयहरुले खाजा र पानी निःशुल्क वितरण गरेका थिए भने किसिपिडीमा किपुल्चा विम खलको तर्फबाट नेवारी बाजागाजाले स्वागत गरिएको थियो । यस कार्यक्रममा स्थानीयहरुको उल्लेख्य साथ रहेको भन्दै आयोजक संस्थाले आगामी दिनहरुमा पनि यस्तैखालका कार्यक्रमहरु ल्याएर चन्द्रागिरिमा रहेका सम्पदाहरुको पहिचान गरि पर्यटन प्रवर्धन गर्न सहयोग पुर्‍याउने जनाएको छ ।

पदयात्रामा दुर्घटनाको जोखिमलाइ मध्यनजर गर्दै स्वास्थ्य उपचार र एम्बुलेन्सको व्यवस्था समेत गरिएको थियो । कार्यक्रमको नगर प्रमुख घनश्याम गिरीले रिवन काटेर शुभारम्भ गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस