कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ बैशाख २३, आईतबार (१ हप्ता अघि)
  • ७९ पटक पढिएको
कीर्तिपुरमा बस दुर्घटना : एकको मृत्यु, तीनजना घाइते

बैशाख २३, काठमाडौँ । कीर्तिपुरमा बस दुर्घटना भएको छ ।

कीर्तिपुरबाट रत्नपार्क जाँदै गरेको बा३ख २०२७ नम्बरको बस कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना भएको हो । दुर्घटनामा एक जना यात्रुको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।

दुर्घटनामा ४२ वर्षीय डा गोविन्द रिजालको मृत्यु भएको उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए ।
प्रवक्ता मैनालीका अनुसार घाइतेहरूको ट्रमा सेन्टरमा अस्पतालमा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको बताइएको‍ छ ।
बस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

#दुर्घटना #बस #कीर्तिपुर #काठमाडौँ

ताजा अपडेट

खोजी गर्नुहोस